Logo

बार्सिलोना गटाफेसँग स्तब्ध



एजेन्सी, २ कात्तिक । बार्सिलोना ला लिगामा गटाफेसँग स्तब्ध भएको छ । गएराति सम्पन्न खेलमा जेमी माटाको पेनाल्टीबाट गटाफेले महत्वपूर्ण जीत हासिल गरेको हो ।

हारपछि लियोनल मेसीसहितको बार्लिलोना लिगको नवौं स्थानमा झरेको छ । गटाफेले बार्सिलोनामाथि गोल गर्ने अरु अवसर पनि गुमाएको थियो । खेल सकिन पाँच मिनेट बाँकी रहँदा हर्नान्डेजको प्रहार बारमा लागेर फर्किएको थियो ।

यो सिजनमा उत्कृष्ट शुरुवात गर्दै गटाफे १० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्