Logo

तीन दिन चल्ने गरी शुरु भयो नेपाली सेनाको पृतनापति सम्मेलन



काठमाडौं, २ कात्तिक । तीन दिनसम्म चल्ने गरी नेपाली सेनाको पृतनापति सम्मेलन शुरु भएको छ । काठमाडौंमा जारी बैठकमा आठैवटा पृतनाका पृतनापतिहरुले सुरक्षा अवस्थाबारे ब्रिफिङ गर्ने बुझिएको छ ।

यसपटक कोभिड १९ को जोखिमलाई दृष्टिगत गरी पृतनाको बैठक भर्चुअल माध्यमले भइरहेको छ । इटहरी, धनुषा, हेटौंडा, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीस्थित पृतनापतिहरु सम्मेलनमा उपस्थित छन् ।

पूर्वमा सन्तोष ढकाल, मध्यपूर्वमा सुरेश कार्की, मध्यमा ताराध्वज पाण्डे, उपत्यकामा आनन्दकुमार अधिकारी, पश्चिममा गोकुल भण्डारी, मध्यपश्चिममा सञ्जय थापा, उत्तरपश्चिममा विज्ञानदेव पाण्डे, सुदूरपश्चिममा निर्मलकुमार थापा पृतनापति छन् ।



प्रतिक्रिया दिनुहोस्