Logo

अष्ट्रियामा नेपाली मूलकी यी आमाले लिइन् तीन सन्तानको ज्यान



काठमाडौं, २ कात्तिक । युरोपको समृद्ध देश अष्ट्रियामा सुखद जीवन बिताउन पुगेकी नेपाली महिलाले अन्ततः आफ्नै तीन सन्तानको हत्या गरेकी छिन् । ३१ वर्षीया ती महिलाले आफ्ना तीन सन्तानको हत्या गरी प्रहरीलाई आफूले आत्महत्या गर्न लागेको खबर गरेकी थिइन् । स्थानीय समय अनुसार शनिबार विहानै प्रहरी दौडिएर पुगेको थियो ।

भियना डोनास्टाड नामको अर्पाटमेन्टमा यो घटना भएको हो । त्यहाँको प्रहरीको भनाई उदृत गर्दै स्थानीय पत्रिका विनरजेटुङले नौं, तीन र आठ महिनाका बच्चाहरु निसास्सिएर मृत्यु भएको उल्लेख गरेको छ । महिलाले योजनावद्ध तरिकाले दुई छोरी र एक छोराको हत्या गरेकी हुन् । नौं वर्षीया छोरीलाई बचाउन चिकित्सकले धेरै प्रयास गर्दा पनि सफल भएनन् ।

महिला मानसिक तनावमा रहेको बताइएको छ । छोराको जन्मपछि महिलाको ४४ वर्षीय पतिसँग विवाद बढेको थियो । केही हप्तामात्र पतिसँग झगडा भएपछि प्रहरीमा उजूरी परेपछि पति पत्नीबाट टाढा रहनुपरेको थियो ।

गुल्मीबाट बुटवल बसाईं सरेका यो परिवार केही वर्ष अघि अष्ट्रिया पुगेको थियो । स्वर्गीय जीवन जीउने सपना बोकेर युरोप पुगेको परिवारमा आन्तरिक द्वन्द्वले विभत्स घटना निम्त्यायो । आमा नै बच्चाको हत्या गर्ने तहमा उत्रिइन् ।



प्रतिक्रिया दिनुहोस्