Logo

धर्मेन्द्रसँग धेरै समय बिताउन नपाएको हेमाको गुनासो



एजेन्सी, २ कात्तिक । बलिउडकी ड्रिम गर्ल हेमा मालिनीले भर्खरै मात्र आफ्नो ७२ औं जन्मदिन मनाएकी छिन् । उनको विशेष समयमा धेरैजनाले शुभकामना दिएका थिए । धर्मेन्द्रसँग हेमा मालिनीको जोडी निकैले मन पराउँथे । अन स्क्रिन होस् वा स्क्रिनमा यो जोडीको सधै प्रशंसा गर्थे । यी दुईले विवाह गरेको ४० वर्ष भन्दा धेरै भएको छ ।

भर्खर मात्र हेमा मालिनीले दिएको एक अन्र्तवार्ताको क्रममा धर्मेन्द्रसँग विवाह पछि धेरै समय बिताउन नपाएको बताएकी छिन् । उनको अनुसार धर्मेन्द्रले विवाह पछि धेरै समय दिएका छैनन् । तपाइँको जिन्दगीमा के परिर्वतन गर्न चाहानुहुन्छ भन्ने एक पत्रकारको प्रश्नमा हेमाले भनेकी छिन्, ‘धर्मेन्द्रजीसँग धेरै समय बिताउन नपाएको, तर जुन समय सँगै बितायौ त्यो धेरै थियो । छोटो समयमा धेरै गर्यौ । ’

हेमा मालिनी र धर्मेन्द्रको विवाह १९७९ मा भएको थियो । उनीहरुको पहिलो भेट फिल्म आसमान महलको प्रिमियरमा भएको थियो । उनीहरुबीच फिल्म शोलेको सुटिङको क्रममा बसेको थियो । हेमा धर्मेन्द्रकी दोस्री पत्नी हुन् । उनको पहिलो पत्नी सनी र बाबी देओलको आमा प्रकाश हुन् ।

हेमा विवाह पश्चात धर्मेन्द्रको घरमा गएकी छैनन् । हेमातीर जन्मिएका २ छोरीहरुको रेखदेख धर्मेन्द्रले नै गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्