Logo

ओम पुरीले ढाबामा भाडाँ माझ्थे



एजेन्सी, २ कात्तिक । बलिउडबाट हलिउडसम्म दमदार अभिनय गरेर देश तथा विदेशमा आफ्नो अभिनयले सबैको मन जितेका ओम पुरीको आज जन्मदिन हो । १९५० मा पटियालामा जन्मेका ओम पुरीको नाम ओम राजेश थियो । ३ वर्ष पहिले उनको निधन भएको थियो ।

ओमपुरीले कलाकारको एक परिभाषा दिएर सिनेमालाई दुनियाँमा एक पहिचान कायम गरेका छन् । ओम पुरीको जीवन धेरै गरिबीमा गुज्रिएको थियो । उनले एक अन्र्तवार्तामा भनेका छन्, ६ वर्षको हुँदा एक ढावामा भाडाँ माझ्ने गर्थे ।

अभिनेता ओम पुरीलाइ बाल्यकाल देखि नै फिल्म खेल्ने सोख थियो र उनले आफ्नो शुरुवाती पढाई पुरा गरेपछि अभिनय सिकाउने विद्यालयमा भर्ना भएका थिए । उनी नेशनल स्कुल अफ ड्रामामा भर्ना भएका थिए । ओमपुरीको संघर्ष यहि सकिएको थिएन् । उनले नेशनल स्कुलमा पढ्दा साथीहरुको तुलनामा आफ्नो अंग्रेजी कमजोर भएको महसुस गरेर निकै चिन्तित भए ।

पछि विद्यालय परिर्वतन गरेर अंग्रेजी विषयमा दक्ष भए र २० भन्दा धेरै अंग्रेजी फिल्ममा काम गरे । उनले मराठी फिल्मबाट फिल्मी करियर शुरुवात गरेका थिए । उनले धेरै फिल्मबाट दमदार अभिनयको कारण नेशनल अवार्डबाट समेत सम्मानित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्