Logo

कंगना रनौटमाथि अदालतले दियो एफआईआरमा मुद्दा हाल्ने आदेश



एजेन्सी, २ कात्तिक । पछिल्लो समयमा बलिउड अभिनेत्री कंगना रनौट एक पछि अर्को गर्दै समस्यामा परिरहेकी छिन् । उनीमाथि कर्नाटकमा एफआईआर मुद्दा दर्ता भएपछि अब मुम्बईको बान्द्रा अदालतले पनि उनी विरुद्ध फेरी मुद्दा दर्ता गर्न आदेश दिएको छ । कंगनामाथि साम्प्रदायिक हिंसा फैलाएको आरोप लागेको छ, जसको कारण एफआईआरमा मुद्दा दर्ता गर्न भनिएको छ ।

बांन्द्रा अदालतले कंगनाको एक ट्विटमाथि सांप्रदायिक तनावको आशंका गर्दै कारवाही गर्न खोजेको हो । मुन्ना वराली र साहिल अशरफ सैयद नामबाट हालिएको मुद्दामा कंगनाले गरेको ट्विटले सांप्रदाय भड्केको जानकारी दिएका थियो । जसमा अदालतले एफआईआरमा मुद्दा दिन आदेश दिएको हो ।

मुद्दामा कंगना रनौतले आफ्नो अफिशियल अकाउन्टबाट ट्विट र अलग अलग टिभी च्यानललाई दिएको अन्र्तवार्तामा हिन्दु र मुस्लिम कलाकारहरुका बीच दरार पैदा गर्ने कोशिश गरेको आरोप लगाइएको छ ।

अदालतको आदेशपछि सीआरपीसीको धारा १५६ अनुसार कंगनाको विरुद्ध एफआईआर मुद्दा दर्ता गर्न सक्नेछन् । एफआईआरमा मुद्दा दर्ता भएपछि उनीसँग सोधपुछ हुनेछ । यदि कंगनाले चित्तबुझ्दो जवाफ नदिएमा उनी पक्राउ पर्न सक्नेछिन् ।

कंगना रनौट बितेका केही महिना यता विवादमा मुछिएकी छिन् । उनी लगातार अलग अलग विषयमा ट्विट गरिरहन्छिन् । सुशान्त सिंह राजपुतको निधनपछि उनले बलिउडमा नेपोटिज्म र लागुऔषध प्रयोगको विरुद्धमा आवाज उठाइरहेकी छिन् । धेरैले त उनको समर्थन पनि गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्