Logo

२० वर्ष सँगै बसेका नाग–नागिनको जोडी, नागको मृत्युपछि नागिनले पनि छाडिन् प्राण



मंडीबामौराको मढबामौरा क्षेत्रमा २० वर्षदेखि एक नाग–नागिनको प्रेम कहानी त्यहाँका मानिसहरुले सुन्दै आएका थिए । तर हाल भने उनीहरुले यो संसार छाडेका छन् । नागको मृत्यु पछि नागिनले पनि आफ्नो प्राण त्यागेकी हुन् ।

गाउँका मानिसहरुका अनुसार गाउँको बीचमा स्थित जिन्द बाबा मन्दिरको नजिक करिब २० वर्षदेखि यी नाग–नागिनको जोडी देखिएका थिए । दुवैले कसैको पनि हानी नोक्सानी पुर्याएका थिएनन् । त्यस एरियामा नाग–नागिनको जोडी देख्न पाउनु मानिसहरुले आफुलाई निकै भाग्यमानि ठान्थे । यीनीहरुको मृत्युले गाउँनै शोकमा डुब्यो ।

एकदिन अचानक मन्दिर नजिक करीब ३ बजेतीर एक नाग–नागिन अचेत अवस्थामा देखिए । उनीहरुलाई देखेर सबै आत्तिए । नजिक गएर हेर्ने कसैले पनि हिम्मत गर्न सकेन । नजिकै काम गरेका मजदुरहरुका अनुसार पहिला नाग सुतेको देखेका र पछि नागिन पनि आएकी थिइन् ।

बेलुका सम्म त उनीहरु एकै सथनमा आइसकेका थिए । भोलिपल्ट एक व्यक्ति हिम्मत गरेर नाग–नागिनको नजिक गएर हेर्दा दुवै मरेका थिए । गाउँका मानिसहरुले उक्त महादेव मन्दिरको पछाडि विधिवत रुपमा अन्तिम संस्कार गरिदिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्