Logo

अब साङ्लेकीराको दुध विक्रि हुने



इस्टिच्युट अफ स्टेम सेल बायोलजी एन्ड रीजनेरेटिव मेडिसिन्स भारतका वैज्ञानिकहरुले साङ्लेकीराको दुधमा जबरजस्त प्रोटिन हुने पत्ता लागेका छन् । भारतले मात्र नभएर अन्टलान्टाका वैज्ञानिकहरुले पनि साङ्लेकीरामा हुने सुपर पावरलाई लिएर ठुला ठुला दाबी गरिरहेका छन् ।

साङ्लेकीराको दुध एक तरल पदार्थ हो, जुन उसले आफ्नो सन्तानलाई पिलाउछ । साङ्लेकीरामाथि गरिएको नयाँ खोजले पक्कै पनि तपाईलाई आश्र्चयमा पारेको होला । यसको झोलमा धेरै मात्रामा प्रोटीन, शक्ति र बोसो पाइन्छ ।

वैज्ञानिकको अनुसार पैसीफिक बीटल नामको प्रजातिको साङ्लेकीराले आफ्नो बच्चालाई एक उच्च प्रोटिन झोल पिलाउँछ । जसलाई हामी साङ्लेकिराको दुध भन्छौ । यो वास्तवमा सानो सानो क्रिस्टलको रुपमा पाइन्छ । यहि प्रक्रियाले मानिसको लागि सुपर फुड सप्लीमेन्ट बनाउन सकिन्छ ।

साङ्लेकीराको दुधमा भैसी र गाईको तुलनामा ३ देखि ४ गुना प्रोटीन र शक्ति पाइन्छ । अथवा उच्च प्रोटीन डाइटको लागि साङ्लेकीराको दुध प्रयोग गर्न सकिने रिसर्च साइन्टिसको दाबा रहेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्