Logo

प्रहरी परिचालन गरी मालपोत कार्यालयको काम सुचारु



वीरगंज, २ कार्तिक । मालपोत कार्यालय पर्सामा लेखनदासहरुले आइतवार कार्यालय बन्द गरेपछि प्रहरीले हस्तक्षेप गरी कार्यालयको कामकाज सुचारु गराएको छ । बिहीवार अबेर रातिसम्म काम गरिरहेका १३ जना कर्मचारी र ८ जना लेखनदासलाई जिल्ला प्रशासन कार्यालय, पर्साले पक्राउ गरेको थियो ।

पक्राउ गर्ने क्रममा उनीहरुबाट केही नगद पनि बरामद भएको थियो । प्रशासनले कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ भने आठजना लेखनदासविरुद्ध सार्वजनिक मुद्दा दायर गरेको छ ।

आइतवार जिल्ला प्रशासन कार्यालयले २० जना सेवाग्राहीलाई एक दिनमा सेवा दिन भनेपछि लेखनदासहरुले कार्यालय बन्द गर्न खोजेका थिए । कार्यालयको काममा अडचन हालेपछि प्रहरी परिचालन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्