Logo

‘ताइवान कार्ड’ प्रयोग गरे भारतका पृथकतवादीलाई चीनले सघाउने चिनियाँ विज्ञको चेतावनी



एजेन्सी, २ कात्तिक । भारतले ‘ताइवान कार्ड’ प्रयोग गरेमा भारतका पृथतवादीलाई चीनले सघाउने चेतावनी आएको छ । चीनका विदेश मामलासम्बन्धी विज्ञ चेङदु इस्स्टिच्युट अफ वल्र्ड अफेयर्सका अध्यक्ष लङ सिङचुनले ग्लोबल टाइम्समा लेखमार्फत् यस्तो चेतावनी दिएका हुन् ।

लेखमा सिङचुनले भारतको उत्तरपूर्वी राज्यहरुमा पृथकतावादी कमजोर भएको तर समाप्त नभइसकेको भन्दै उनीहरुले चीनबाट सहयोगको आग्रह गरिरहेको भनेका छन् । उनले पुथकतावादीबारे लेखेका छन्, ‘कमजोर बाह्य सहयोगका कारण उनीहरु विकसित हुन र बढ्न सकिरहेका छैनन । तर, तिनीहरुले सहयोग पाएमा सशक्त हुनेछन् र सशस्त्र गतिविधि बढाउनेछन् ।’

चीनले कूटनीतिक मूल्य र भारतसँगको मित्रताका कारण पृथकतावादीको आग्रहलाई बेवास्ता गरेको लेखमा भनिएको छ । सिङचुनले भारतका पृथकतावादी समूहबारे लेखेका छन्, ती पृथकतावादी शक्तिले चीनको सहयोगको आग्रह गरेका छन् । तर, चीनले भारतसँगको मित्रवत सम्बन्ध र कूटनीतिक मूल्यका आधारमा बेवास्ता गरेको छ ।

भारतका राष्ट्रवादी शक्ति ताइवानको आगोमा हावा दिन थालेको भन्दै पूर्वोत्तर भारतमा अस्थिरता र हिंसाको सामना गर्नुपर्ने लेखमा चेतावनीको भाषा लेखिएको छ ।

पछिल्लो समय भारत र चीनबीच सीमामा विवाद बढेको र एकले अर्कालाई चुनौती दिन छिमेक र छेउछाउका राज्यहरुमा प्रभाव बढाउने प्रतिष्पर्धा बढेको छ । चीनले भारतका छिमेकी देशहरुमा प्रभाव बढाउन खोजेपछि भारतले तिब्बत, ताइवान र हङकङ मामलामा चासो बढाएको छ । यसले दुवै देशबीच टकराव बढ्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्