Logo

भारतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्यो, अब झर्ने



एजेन्सी, २ कात्तिक । भारतमा कोरोना भाइरसको संक्रमण उच्च बिन्दुमा पुगेको निष्कर्ष निकालिएको छ । भारत सरकारले गठन गरेको कोभिड अध्ययनसम्बन्धी वैज्ञानिकहरुको कमिटीले उच्च बिन्दुमा पुगिसकेकाले अब कोभिड १९ का संक्रमितको संख्या घट्ने बताएका छन् ।

इन्डियन एक्सप्रेसका अनुसार प्राध्यापक एम विद्यासागर नेतृत्वको कमिटीले कम्प्युटर मोडलबाट भारतमा महामारीको अवस्था र भाविष्यमा हुनसक्ने सम्भावनाबारे उल्लेख गरेको छ । कमिटीले भारतमा लकडाउनले लाखौंलाई संक्रमणबाट जोगाउनुका साथै जीवन रक्षा समेत गरेको बताएको छ ।

चीसो याममा संक्रमित संख्या बढ्ने भएकाले सजग हुन समेत भनिएको छ । भारतमा दैनिक ६१ हजारको संख्याले संक्रमित संख्या वृद्धि भइरहँदा वैज्ञानिकहरुको कमिटीको अब कोरोना संक्रमित संख्या घट्ने जानकारी आएको हो । भारतमा कोरोना संक्रमित संख्या ७४ लाख नाघिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्