Logo

आर्मेनिया र अजरवैजानबीच युद्धविराम सम्झौताको चार मिनेटमै उल्लंघन



एजेन्सी, २ कात्तिक । आर्मेनिया र अजरवैजानबीच मध्यरातमा युद्धविराम सम्झौता भएको थियो । तर, त्यसको चार मिनेटमै उल्लंघन भएको छ ।

आर्मेनियाले अजरवैजानमाथि युद्धविरामपछि पनि रकेट र हतियार प्रहार गरेको आरोप लगाएको छ । युद्धविराम सम्झौताको चार मिनेटमै यस्तो गतिविधि भएको आर्मेनियाको रक्षा मन्त्रालयकी प्रवक्ताले आरोप लगाएकी हुन् ।

रुसको मध्यस्थतामा दुवै देशले सम्झौता गरेका थिए । तर, त्यसको पालना भएको छैन ।

आर्मेनिया र अजरवैजानबीच नागोर्नो कारावाक क्षेत्रका विषयमा विवाद छ । दुवैले उक्त क्षेत्र एक अर्काको भएको दाबी गर्दै आएका छन् । त्यसकै लागि हालै युद्ध हुँदा दुवैतर्फ क्षति पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्