Logo

तिमी र मबीचको दुरी घटोस् ‘ए मेरी हुनेवाली’



उज्जल धमला ‘बिबस’ : म चाहान्छु तिमी र मबीच दूरी घटोस । कुरो चाँडै होस । तिम्रा घरका बाबा–आमालाई पनि छोरी बढेको छनक देऊ न । के गर्नु मेरो घरमा त बाबाले कुरा बुज्नु हुन्न । आँफैं ल्या न त भन्ननुहुन्छ । अनि कताण्कता बा’सीत सार्है रिस उठ्छ । अनि के गरम् थात उनकै जात उनकै भात उनकै सायद त्यसैलेपनि होला केही भन्न सक्दिँन् । मानिसले दुनियाँ सताँउछ। मैलेपनि फोन नउठाएर सताउँछु ।

फोन नउठाएको तिम्रो कल्पनामा सायद हराएर होला । संगै पढ्नेहरुका त झनै छोराछोरी पनी भैसके आत्मा साक्षी राखी भन्न नै चाहान्छु की प्रेम भनेको स्पर्शमात्र होइन आत्मियता पनि हो। त्यहीभएर नै मैले तिमीसंग प्रेम गरें । आशा छ तिमी पनि घडीको सुईसंगै मेरो प्रतिक्षामा छौं । तिमीपनि मनको चाहीँ पक्की नै छौं । प्रतिक्षाको फल पक्कै मिठा हुनेछ।

धादिङको पशुपपति हुँदै नुवाकोटको दुप्चेश्वरसम्म भाकल नै गरेँ । तर, तिमी आजसम्म आईनौं । गाँउको आलीदेखि शहरको नालीसम्म धादिङको श्रीकृष्ण भिरदेखी पाल्पाको तानसेनसम्म सपनीको रातदेखी उच्च शिक्षाको साथसम्म धादिङको ज्यामरुङदेखि राजधानीको थानकोट सम्मं कहीँ कतै हाम्रो भेट भएको हुनसक्छ । तिमीजस्ती भएपनि मेरो रोजाईका अन्य भन्दा त स्वर्गका हरेक सुख दिन नसकेतापनी अपुर्ब माया छ ।

सुनैसुनले छाउन नसकेतापनी दोबाटोमा फूलैफुलबीच छाउन नसकेपनी काँडा बिझे निकाल्न सक्ने क्षमता चाँही छ । सबै जनाले जिस्काँउछन् । बुढा भईस् भन्छन्। आमा बिरामी भएर राजधानी आएका छन् । घरबाट बाले विवाह गरेन भनेर कराँउछन् । त्यसैले सबैको ईख मार्नेगरि तिमी आउ तिमिलाई अचम्म लाग्ला । विवशले यस्तो लेख्यो भनेर । यो त सब पल्लो घरको बिरे दाईले सिकायो, र अनि लेख्ने जमर्को मात्र गरेको,तिम्रै प्रतिक्षामा मेरा ती राजधानीका कोठा ब्यग्र छ । झनै व्यग्र त मेरो हातको अंगालो छ। तिमी आएपछि सुख दुःख बाँड्नुपर्छ । आउ प्रियसी छिटो आउ ।



प्रतिक्रिया दिनुहोस्