Logo

दशैँका लागि छुटैछुट तर ग्राहक शुन्य (तस्विर)



कात्तिक २, काठमाण्डौ । चाडपर्वको अबसरमा गरिने छुटको नाममा उपभोक्ता ठगीने गरेको आरोप लाग्दै आएपनि यस पटक भने व्यवसायीनै ग्रहक नभएर उल्टै तनाबमा परेका छन् । चाडपर्वको अबसरमा विभिन्न अफर राखेर पसलहरु खुला गरेपनि ग्राहक नभएर उपत्ययकाका अधिकाशं पसलहरु सुनसान रहेका छन् ।

यतिबेला दशैं बजारले भरिभराउने हुनु पर्ने हो । साना तथा ठूला सहरहरुमा भीडभाड बढ्नु पर्ने थियो । अहिले देशमा फैलिएको कोरोना भाइरसका कारण काठमाडौं उपत्यका भित्र मात्र नभई देशभरका शहर बजार अहिले सुनसान रहेको छ । व्यावसायीहरुले छुटको अफर र नयाँ योजनाहरु पनि आफ्नो पसलअघि राखेपनि व्यवसायीहरु भने ग्राहको पर्खाईमा बसि रहेका छन् । गत वर्ष कतिपयले यही मौकामा स्टक क्लियर गर्ने मौका छोप्ने गरेका थिए ।

तर यस वर्ष भने कोरोनाका कारण बजारमा खासै उपभोक्ताहरु नै नभएकाले व्यवसाय चौपट हुन पुगेको गुनासो व्यवसायीहरुले गर्दै आएका छन् । गतवर्ष सामान बिक्री गर्दा फुर्सदै हुने थिएन, तर यस वर्ष ग्राहक नै नभएर पसल खुला गर्ने र बेलुका बन्द गर्नुभन्दा अरु काम नै नभएको सिटिभीका म्यानेजर अस्मीन भण्डारीले बताएका छन् ।

अहिले पनि काठमाडौंका ठूला सपिङ मलदेखि साना पसलहरुमा चाडपर्वको अबसर पारेर छुटको व्यानर टाँगेपनि सो व्यानर हेर्ने समेत ग्राहक व्यवसायीहरुले पाएका छैनन् । राजधानी भित्रका दर्जन बढी सपिङ मलहरुमा अहिले सुनसान रहेका छन् । छुटको अफर सार्वजनिक गरेर पसलहरु रंगाइएका छन् ।

विशेष गरेर लत्ताकपडा र जुत्ता–चप्पलमा २० देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था व्यवसायीहरुले अफरको रुपमा राखेपनि अहिले व्यापार व्यवसायमा पूर्णरुपमा मन्दी छाएको छ । ब्राण्डेट फेसनका कपडा तथा जुत्ता–चप्पल पाइने दरबारमार्ग क्षेत्रका पसलहरुमा छुटै छुटको व्यवस्था गरिएको छ । दशैंको अबसरमा न्यूरोड, असन, चावहिल, सुन्धारा, बानेश्वर, कुमारीपाटी, लगनखेललगायतका क्षेत्रमा छुटैछुटको व्यानर लागेका छन् ।

यता, चाडपर्वको मौका छोपेर गत वर्ष यहि समयमा ‘छुटको नाममा लुट’ गर्ने प्रबृत्ति बढ्दो रहेको थियो । छुटको नाममा उपभोक्तालाई खुला रुपमा ठगी गर्दै आएका व्यवसायीहरु अहिले ग्राहकनै नपाएर पसल कुरेर बस्नुको विकल्प छैन । चाडपर्वलाई मध्यनजर गर्दै दरबारमार्गका ब्रान्डेड सोरुमले अधिकतम ६० प्रतिशत सम्मको छुटको व्यवस्था गरेका छन् । गतवर्षसम्म अत्याधिक मुल्य सूची राखेर गुणस्तरहिन सामानको बिक्री गर्दै आएका व्यवसायीहरु यस पटक भने आफै ठगीन पुगेको समेत गुनासो गर्न थालेका छन ।

 



प्रतिक्रिया दिनुहोस्