Logo

बेलारुसमा विपक्षीको प्रदर्शनबाट १०० भन्दा बढी पक्राउ



२ कात्तिक: बेलारूसमा भ्रष्टाचार विरोधी अभियानमा सहभागी विपक्षी दलका दर्जनौँ नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

बेलारूसी प्रहरीले आइतबार १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरेको छ । प्रहरीले विपक्षीको आन्दोलन हिंसात्मक बन्न थालेपछि प्रदर्शनमा सहभागी उनीहरूलाई पक्राउ गरेको बताएको छ ।

बेलारूसी आन्तरिक मन्त्रालयका प्रवक्ता ओल्गा चेमोडानोभाले भने, “अहिलेसम्म १०० जनालाई मिन्स्कमा पक्राउ गरिएको र उनीहरूमध्ये केहीलाई सोधपुछ गरी रिहा गरिसकिएको र केहीलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको बताए ।”-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्