Logo

एभरेष्ट बैंकद्धारा पाँचखाल नगरपालिकासँग सम्झौता, कृषकलाई ऋण दिईने



काठमाडौं, २ कार्तिक । एभरेष्ट बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा काभ्रेको पाँचखाल नगरपालिकासँग कृषकहरुलाई कृषि ऋण प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । सम्झौताअन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषि ऋण उपलब्ध गराउनेछ ।

सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थितिका बीच हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्