Logo

प्रधानमन्त्रीज्यूमा आफूले शपथ खाएको संबिधानप्रतिको पूर्ण निरक्षरता



दिनेश त्रिपाठी: हाम्रो प्रधानमन्त्रीज्यूमा आफूले शपथ खाएको संबिधानप्रतिको पूर्ण निरक्षरता (Constitutional illiteracy) प्रकट भएको छ । उहाँले प्रदेशलाई केन्द्रको इकाई बताउनुभएको छ । तर संबिधानले नै तीन तहको सरकारको परिकल्पना गरेर तीन वटै तहको अधिकार परिभाषित गरेको छ । संघ, प्रदेश तथा स्थानीय सरकारहरूले प्रत्यक्ष रूपमा संविधानबाट नै शक्ति ग्रहण गर्दछन् ।

प्रदेश तथा स्थानीय सरकारहरुले पनि संबिधानबाट नै शक्ति ग्रहण गर्ने हो न कि संघीय सरकारको निगाहबाट । तर प्रधानमन्त्रीज्यूको अभिव्यक्ति संविधानको आधारभूत मूल्य र मान्यताको (letter and spirit) बिरुद्ध रहेको छ ।

संघीय प्रणालीको सफलताको आधार भनेको एकातिर शक्तिसम्पन्न स्थानीय तथा प्रदेश सरकार हो भने अर्कोतिर प्रभावकारी संघीय सरकार हो ।

(empowered Provinces and local government and effective Federal government)। तर संबिधानको रक्षाको शपथ खानुभएको प्रधानमन्त्रीज्यूमा सामान्य संवैधानिक साक्षरताको पनि अभाव देखींयो ।

उहाँको अभिव्यक्ति तथा कार्यशैली हेर्दा यो मूलकमा एउटा लिखित संविधान छ र सरकारको लागि यसका प्रावधानहरु बन्धनकारी हुने गर्दछ भन्ने सामान्य हेक्का पनि उहाँमा देख़िदैन।-वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको व्यक्तिगत विचार



प्रतिक्रिया दिनुहोस्