Logo

बाबुरामको प्रश्न : यस्तो सरकार किन चाहियो ?



काठमाडौं, ३ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार किन चाहियो ? भन्दै गम्भीर प्रश्न उठाएका छन् । आज विहान सामाजिक सञ्जाल फेशबुकमार्फत डा. भट्टराईले यस्तो प्रश्न उठाएका हुन् । उनले लेखेका छन्,‘कोरोना उपचारखर्च आफै व्यहोर!वेहोस भए मात्रै अस्पताल जाऊ!वेरोजगार श्रमिक रूॅदै गाऊॅ फर्क!भारतबाट फर्केका श्रमिक भोकै परेपछि दशैंको मुखमा भारततिरै फर्क! महिनौंदेखि स्कूल-कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर! आसेपासेहरू कमिसन/भत्ता डकार!यस्तो सरकार किन चाहियो?#RemoveKPOli “



प्रतिक्रिया दिनुहोस्