Logo

प्रस्तावित राजदूतहरुमाथि परेको उजुरीबारे यही कार्तिक १७ गते छलफल हुने



काठमाडौं, ३ कार्तिक । प्रतिनिधिसभाअन्तर्गत संसदीय सुनुवाई समितिको बैठक सम्पन्न भएको छ । आज विहान सिंहदरबारस्थित् समितिको कार्यकक्षमा बसेको बैठकमा संयुक्त राज्य अमेरिकाका लागि राजदूत सिफारिश डा. युवराज खतिवडा, संयुक्त अधिराज्यका लागि राजदूत सिफारिश लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि राजदूत सिफारिश डा. निर्मल कुमार विश्वकर्मामाथि परेको उजुरीमाथि कार्तिक १७ गते छलफल गर्ने निर्णय गरेको छ ।

उजुरीकर्ताले नाम उल्लेख गरेको भएपनि सम्पर्क नम्बर नराखेको कारण छलफल गर्न केही ढिलाई हुने भएको हो । समितिका सभापति लक्ष्मणलाल कर्णकाअनुसार उजुरकर्ताहरुलाई नै राखेर यही कार्तिक १७ गते छलफल गर्ने निर्णय भएको सुनाए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्