Logo

दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री



सिमकोट, ३ कात्तिक: हुम्लाको सिमकोट गाउँपालिका ५ ले दलित तथा अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

वडाध्यक्ष कृष्ण बोहराले तीन विद्यालयका दलित तथा विपन्न विद्यार्थीका लागि झोला, कापी कलम, ज्यामिती बक्सलगायत गरी रु एक लाख पचास हजार मूल्य बराबरको सामग्री सहयोग गरिएको जानकारी दिए ।

यस्तै हुम्लामा कुनै समय अन्नबालीको कुटानी गर्ने काम गर्दै आएको काठले बनाइने सामग्री (ग्याब्री) लोप हुने अवस्थामा पुगेपछि दलित घरधुरीलाई सहयोग गरिएको छ । सदरमुकाम सिमकोटमा मात्रै नभएर कोदो, फापर, सिमी, उवा, जौ, गहुँलगायत अन्नबाली कुटानी गर्न बनाइने ग्याब्री हुम्लाका अन्य गाउँपालिकामा समेत लोप हुने अवस्थामा छ । यसको निर्माण सामग्री र स्टेशनरी सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले हस्तान्तरण गरेका थिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्