Logo

‘यो महामारीको बेला सरकार ढाल्ने कुरा या झगडा गर्ने कुरा नै होईन’ : भीम रावल



काठमाडौं, ३ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले देश संकटमा भएको बेला दशैं भक्ता लिनु गलत हुने उल्लेख गर्दै आफूले उक्त भक्ता रकम फिर्ता गर्नको लागि संसद सचिवालयलाई पत्राचार गरिसकेको जानकारी दिए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले यस्तो बताएका हुन् । उनले अहिले महामारीको बेलामा सरकार ढाल्ने कुरा कसैले पनि नगरेको स्पष्ट पारे । पार्टीभित्र कसैले पनि सरकारलाई असहयोग गर्ने कुरा नगरेको पिन उनले जिकिर गरे । पत्रकार धमलाले तपाईहरु मुलुक यस्तो विषम परिस्थिति र महामारीविरुद्ध हुँदापनि सरकार ढाल्नको लागि हस्ताक्षर गरेर बस्नुभएको छ नि? भनेर सोधेको प्रश्नमा उनले भने,‘यो महामारीको बेला सरकार ढाल्ने या झगडा गर्ने कुरा नै होईन । तपाईलाई थाहा छँदैछ, हामीले स्थायी कमिटी बोलाएर पार्टीभित्रको अन्तरविरोध समाधान गर्नको लागि महत्वपूर्ण निर्णय गरेका थियौं ।’



प्रतिक्रिया दिनुहोस्