Logo

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : महामारीमा नगर्ने भए उपचार किन चाहियो सरकार ?



काठमाडौं, ३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाबाट जनतालाई जोगाउनको लागि वर्तमान सरकार असफल भएको टिप्पणी गरेको छ । र, सरकारले परीक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णयलाई नेपाली कांग्रेसले अत्यन्तै गैरजिम्मेवार व्यवहारका रुपमा लिएको प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । कांग्रेसले कोरोना परीक्षण निःशुल्क रुपमा गरेर महामारीबाट जनतालाई जोगाउन विशेष सम्वेदनशीलताका लागि प्रधानमन्त्री केपी शर्मा ओली एवम् उनी नेतृत्वको सरकारलाई कांग्रेसले अपिल गरेको छ ।



प्रतिक्रिया दिनुहोस्