Logo

३५ वर्षयता विधानसभा चुनाव नलडेका नितिश कुमार कसरी बने पाँच पटक विहारका मुख्यमन्त्री



नितिश कुमार विहारका लोकप्रीय नेता हुन् । उनी पाँच पटक विहारको मुख्यमन्त्री बनिसकेका छन् । यसपटक उनी फेरि मुख्यमन्त्री बन्ने दौडमा छन् । तर, रोचक पक्ष यो छ कि उनी जतिपटक मुख्यमन्त्री बनेपनि विधानसभा चुनाव लडेका छैनन् ।

सन् १९७७ मा पहिलोपटक विधानसभा चुनाव लड्दा नितिश कुमार युवावस्थामा थिए । त्यतिबेला उनी हरनौटबाट पराजित भएका थिए । सन् १९८५ मा पहिलोपटक नितिशले विधानसभा चुनाव लडेर जितेका थिए । त्यसयता उनले विधानसभा चुनाव लडेका छैनन् ।

नितिशले छ पटक लोकसभा चुनाव जितेका छन् । सन् २००४ मा विजयी भएयता नितिशले लोकसभा चुनाव पनि लडेका छैनन् । तर, विहारको मुख्यमन्त्री बनेपछि लोकसभा सदस्यबाट राजीनामा दिएका थिए । सन् २००५ यता मुख्यमन्त्री बनेका उनी सन् २०१४ देखि २०१५ को बीचमा नौ महिना मुख्यमन्त्री रहेनन् । त्यतिबेला भारतीय जनता पार्टीसँगको विवादका कारण नितिशले राजीनामा दिएका थिए । जीतन राम मान्झी नौ महिनाका लागि मुख्यमन्त्री बनेका थिए ।

विहारको कानुन अनुसार मुख्यमन्त्री हुन विधानसभामा जितेकै हुनुपर्ने छैन । तर, राज्यको माथिल्लो सदनको विधायक हुन जरुरी हुन्छ । नितिश विधान परिषद भनिने विहारको माथिल्लो सदनको सदस्य भएरै पटक पटक मुख्यमन्त्री बनेका हुन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्