Logo

विवाहको प्रलोभनमा किशोरी बलात्कृत



काठमाडौं, ३ कात्तिक । जबरजस्ती करणी गरेको अभियोगमा चौताराका एक युवकलाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन घर भएका १९ वर्षीय तिलक भन्ने तेजबहादुर रोक्का पक्राउ परेका हुन् ।

रोक्काले ती बालिकालाई जबरजस्ती करणी गरेको सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस्तै सुनसरीका १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङका २४ वर्षीय तिर्थ बहादुर पौडेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पौडेलले ती किशोरीलाई ललाई फकाई बिबाह गर्ने आश्वासन देखाई जबरजस्ती करणी गरेका थिए । ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यसैगरी सिन्धुपाल्चोकमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चौतरा साँगाचोकगढीका २० वर्षीय दिपेन्द्र मगर शनिबार राति पक्राउ परेका छन् ।

मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्