Logo

मोटरसाइकल चोरी गर्दा गर्दै रङ्गेहात पक्राऊ



सुनसरी, ३ कात्तिक । पार्किङबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् । ईटहरीस्थित रिजाल भिजन पार्टी प्यालेस अगाडि पार्किङ गरी राखेको को.२४ प ७५९६ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा देवानगंजका मनोज मेहता र सोही ठाउँका रमेश मेहता रहेका छन् । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्