Logo

हार्डवेयर पसलबाट नगद चोरी, काम गर्ने युवक पक्राउ



सुनसरी, ३ कात्तिक । हार्डवेयर पसलबाट नगद चोरी गरेको अभियोगमा काम गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ईटहरीको एक हार्डवेयर पसलबाट नगद ७४ हजार रुपैयाँ चोरी गरेको अभियोगमा सोही हार्डवेयरमा काम गर्ने २१ वर्षीय सुरज महलिलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त पसलमा असोज १४ गते भएको चोरीको घटनाको अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न सुरजलाई चोरी गरेको रकममध्ये ४२ हजार ७ सय रुपैयाँ र १ थान मोवाइल सहित फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्