Logo

पाँच जुवाडे पक्राउ



काठमाडौं, ३ कात्तिक । तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । बुढानिलकण्ठ निलोपुल बस्ने दिलमाया थापाको घरमा तास खेलिरहेको अवस्थामा थापा लगायत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा तास खेलिरहेको गोप्य सुचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४३ हजार ४ सय ५० रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्