Logo

श्रोत नखुलेको नगद सहित युवा पक्राउ



रौतहट, ३ कात्तिक । श्रोत नखुलेको नगद सहित एक युवालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईशनाथ नगरपालिकास्थित सडकबाट श्रोत नखुलेको नगद १० लाख रुपैयाँ सहित बारा सिम्रौनगढ नगरपालिकाका २० वर्षीय दिपक पटेल पक्राउ परेका हुन् ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले भारतबाट जयनगरतर्फ आउँदै गरेको ना.५३ च प ६२८४ नम्बरको मोटरसाइकल जाँच गर्दा पटेलले लगाएको हेल्मेटभित्र लुकाई राखेको उक्त रकम फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्