Logo

आदित्यले श्वेतासँग विवाह गर्ने भनेपछि उदित नारायणले यसो भने



एजेन्सी, ३ कात्तिक । गायक आदित्य नारायण वर्तमान समयमा विवाहको खबरले चर्चामा छन् । उनले चाँडैनै प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्दैछन् । आदित्यको विवाहको बारेमा उनका पिता उदित नारायणले प्रतिक्रिया दिएका छन् ।

उदित नारायणले श्वेतालाई केही वर्षदेखि छोराको साथीको नाताले चिनेको बताएका छन् । आदित्यले श्वेतासँग विवाह गर्छु भन्दा अगाडी केही भएमा बाबा मम्मीलाई दोष दिन पाइदैन भनेको बताएका छन् । उदितले एकमात्र छोरा आदित्यको विवाह धुमधामले गर्ने सोच भएपनि कोरोना भाइरसको कारण थोरै मानिसको उपस्थितिमा मुम्बईमा हुने जानकारी दिएका छन् ।

यो भन्दा पहिले आदित्यले १ डिसेम्बरमा श्वेतासँग विवाह गर्ने बताएका थिए । कोविड–१९ को कारण परिवार र नजिकका ५० जना नातेदारको उपस्थितिमा विवाह गर्न महाराष्ट्र सरकारले अनुमति दिएको छ । आदित्यले सामान्य तरिकाले मन्दिरमा विवाह हुने र अवस्था ठिक भएपछि ठूलो रिस्पेशन पार्टी दिने जानकारी दिएका थिए । आदित्य नारायण र श्वेता १० वर्षदेखि प्रेम सम्बन्धमा थिए ।



प्रतिक्रिया दिनुहोस्