Logo

सैफ अली खानको ८ अर्बको महल



बलिउड अभिनेता सैफ अली खानको पटौदी प्यालेसको बारेमा धेरै मानिसहरुलाई थाहा छ । हाल सैफ अली खान आफ्नो गर्भवती पत्नी करीना कपुर र छोरा तैमुर अली खानको साथमा यही प्यालेसमा बस्दै आएका छन् । अब चाँडैनै मुम्बई फर्कने छन् । सैफ अलीको बुवा मंसुर अली खान पटौदीको निधन पश्चात यो प्यालेस भाडामा दिइएको थियो । जसलाई सैफले पैसा दिएर फिर्ता लिएका हुन् ।

एक अन्र्तवार्ताको क्रममा सैफले यसको पुरै कहानी बताएका थिए । उनले फिल्ममा काम गरेर पैसा कमाएपछि यो प्यालेस फिर्ता लिएका थिए । प्यालेससँग जोडिएका अन्य कुरा गर्दै गर्दा सैफ दुखी भएका थिए । सैफ अलीले फ्रान्सिस होटललाई भाडाँमा दिएको थियो र उनले फिर्ता माग्दा होटल संचालकले धेरै पैसा मागेको बताएका छन् । धेरै पैसा मागेपछि फिल्ममा काम गरेर प्यालेस फिर्ता लिएको दुख पोखेका छन् ।

जुन प्यालेस उनलाई विरासतमा मिल्नु पथ्र्यो । तर विरासतमा उनलाई केही पनि मिलेन । हरियाणाबाट २६ किलोमीटर टाढा पटौदीमा सेतो कलरको प्यालेस छ । यो प्यालेस बनेको ८४ वर्ष पुगेको छ । यसको मुल्य ८ सय करोड बताइएको छ ।

यस प्यालेसमा १५० कोठा छन् र १०० भन्दा धेरैले नोकर काम गर्थे । २००३ मा मंसुर अली खानको आमा साजिदा सुल्तानको निधनपछि उनले सरकारी बंगला छोड्न परेको थियो । त्यसपछि नवाब पटौदी पत्नी शर्मिला टैगोरको साथ यस प्यालेसमा बस्न थालेकी हुन् । यस प्यालेसमा केही बलिउडका फिल्म पनि सुर्टिङ भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्