Logo

लागुऔषध प्रकरणमा अर्जुन रामपालको प्रेमिकाको भाई पक्राउ



एजेन्सी, ३ कात्तिक । सुशान्त सिंह राजपुतको विषय पछिल्लो समयमा लागुऔषधमा तानिएपछि एनसीबीले लगातार एक्सन लिइरहेको छ । यस विषयमा केही ठुला मानिसहरु पक्राउ पनि परिसकेका छन् । हाल भने यस केसमा एनसीबीले अर्का खास व्यक्तिलाई पक्राउ गरेको छ ।

एनसीबीले पक्राउ गरेका व्यक्ति अर्जुन रामपालको प्रेमिका गैब्रिएला डेमेट्रिएड्सको भाई हुन् । भारतीय समाचार अनुसार एनसीबीले उनलाई लागुऔषध केसमा २३ औं पटक गिरफ्तार गरेको छ । अफ्रीकी मुलका निवासी अगिसिलाओस डेमेट्रिएड्सलाई एनसीबीले हशीश र अल्प्राजोलमको लागुऔषधको ट्याबलेटसँगै पक्राउ गरेको हो ।

यो भन्दा पहिला एनसीबीले छापा मारेर एक लागुऔषध व्यवसायीलाई पक्राउ गरेको थियो । एनसीबीको अधिकारीको अनुसार मुम्बईको सान्ताक्रुज इलाकामा बस्ने जय मधोक नामको लागुऔषध व्यवसायीलाई विहिबार गिरफ्तार गरेको थियो । उनीमाथि लागूऔषधको प्रयोग र सप्लाई गरेको आरोप लागको छ ।

रिया चक्रवर्ती, उनका भाई सोविक, सुशान्तका म्यानेजर सैमुअल, कुक दीपेश, लागुऔषध कारोवारी जैद, बासित पहार, धर्मा प्रोडक्सनका पुर्व कार्यकारी निर्माता क्षितिज सहित २२ ओरोपिहरुलाई एनसीबीले पक्राउ गरिसकेको छ । बाम्बे उच्च अदालतले रियालार्ए मात्र धरौटीमा रिहा गरेको छ भने बाकी सबै जेलमा छन् ।

सुशान्त सिंह राजपुत १४ जुनमा बान्द्रा स्थित आफ्नै फ्लाटमा मृत भेटिएका थिए । सुशान्तको केस पछिल्लो समयमा ईडी, सीबीआई र एनसीबीले मिलेर गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्