Logo

विवाहमा लगाएको गाउन जलाएर सम्बन्ध विच्छेद



समय बदलिएको छ । मानिसहरुले हरेक चीजको उत्साह मनाउन थालेका छन् । खुशीमा मात्र होइन उत्साह अब वैवाहिक सम्बन्धको अन्त्य हुँदा पनि मनाउन थालेका छन् । एक महिलाले आफ्नो वैवाहिक सम्बन्ध विच्छेद गर्दा पनि उत्साहित भएर खुशीयाली मनाएकी छिन् ।

केटलिन मैक्की नामकी यी महिलाले आफ्नो चार वर्षे लामो वैवाहिक सम्बन्धलाई नदीमा विवाह गर्दा लगाएको गाउन लगाएर अन्त्य गरेकी छिन् । गाउनलाई १५ सय डलर मा विवाहमा खरिद गरिएको थियो । आफ्नो साथमा प्रेट्रोल लगेर जंगल तर्फ लागेकी हुन् । त्यहाँ पुगेर एक एक गरेर कपडा खोल्न सुरु गरेकी हुन् ।

पश्चिमा देशहरुमा दुलहीले विवाह पछि खुशीको लागि स्विमिंग पुलमा जाने गर्छन् । तर सम्बन्ध विच्छेद गरेपनि मैक्कीले झन् उल्टो गरिदिइन् । पे्रट्रोल र कैची लिएर जंगलमा गइन् र जंगलबाट कुदेर नदीमा आइन् । मैक्कीले पानीमा खुब खेलिन र कपडा काट्न र खोल्न सुरु गरिन् ।

२५ वर्षको मैक्की यसो गरिरहँदा धेरै खुशी देखिन्थिन् । उनको अनुहारमा ४ वर्षको वैवाहिक जीवन सकिएकोमा खुशी भएको झलक देखिन्थ्यो । नदीमा मैक्कीले आफ्नौ पुरै विवाहको गाउन काटिन् । काट्दा काट्दा उनको शरीरमा केही छोटा वस्त्र मात्र बाकि रहेका थिए । उनले आफ्नो विवाहको गाउन टुकुडोको नदीको किनारमा जम्मा पारिन् र बाहिर निस्किएर गाउनमा पेट्राले छर्किएर आगो लगाइदिइन् । मैक्कीसँग वाइन पनि थियो । एकातर्फ विवाहको गाउन आगोमा जल्दै थियो तर उनले भने वाइन पिउदै मनोरन्जन गरिरहेकी थिइन् ।

मैक्कीले यो कामले आफुलार्य धेरै आनन्द मिलेको बताइरहेकी थिइन् । पछि उनले आफ्नो कामका दृश्य साथीलाई देखाएपछि उनको तारिफ पनि भएको थियो । हाल उनका यी फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्