Logo

मन्त्रिपरिषद् बैठक बस्दै, दशैं भत्ताबारे विशेष निर्णय हुने



काठमाडौं, ३ कात्तिक । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । अपरान्ह बस्न लागेको बैठकले कोरोना महामारीको बेलामा मन्त्रिपरिषद्मा रहेकाले पाउने दशैं भत्ताबारे निर्णय लिने भएको छ ।

मन्त्रीहरुले पाउने भत्ता कोभिड १९ जोखिमसँग जुध्न बनेको कोषलाई प्रदान गर्ने निर्णय गर्न लागेको बुझिएको छ । महामारीको बेलामा भत्ता लिएको भन्दै सर्वत्र आलोचना भएपछि मन्त्री देखि जनप्रतिनिधिहरु धमाधम भत्ता नलिने र कोषमा दाखिला गर्ने निर्णयमा पुगेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र नेपाली काँग्रेसले सांसदहरुको भत्ता कोरोना रोकथाम तथा जोखिम कोषमा दाखिला गर्ने निर्णय गरिसकेका छन् ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्