Logo

आज ३७ सय ९० कोरोना संक्रमित थपिए



काठमाडौं,   ३ कात्तिक । नेपालमा कोरोना भाइरसका आज ३७ सय ९० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ३६ हजार ३६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ९४ हजार ५ सय १ जना संक्रमणमुक्त भएका छन् । आज  २३३५ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्