Logo

विश्व खाद्य दिवस : पोषण विज्ञ शाहको समायोजनमा वेबिनार सम्पन्न



काठमाडौं, ३ कार्तिक । १६ अक्टूवर बिश्व खाद्य दिवसको पारेर कीर्तिपुर २ नगरस्थित् सौगात मोन्टेश्वरी स्कुलले स्कुलका बालबालिका र अभिभाबक र शिक्षिकाहरुसमेत ७६ जनाको सहभागीता गराएर्, आहार तथा पोषण विज्ञ कीर्तिपुर अस्पतालमा कार्यरत मिरा शाहको समायोजनमा समापन गरिउको छ ।

फूड ह्याबिट तथा हेल्दी इटिङ लाइफ स्टाइल आदिको बारेमा बताए । खाना खाने बानी, कुन बेला खाने, सुत्ने, शारिरिक अभ्यास कसरी, कुन बेला गर्ने, कुन उमेर समूहलाइ कति क्यालोरि चाहिने हो, सबै सरल र सहज तरिकाले बताए । हरेक उमेर समूह र काम गर्ने तरिका फरक–फरक भएजस्तै सबैको क्यालोरी पनि फरक हुने गर्दछन ।

करिब ५० वटा स्लाइड रहेको थियो जसमा आदि तँ बाल बालिकाको पोषणसम्बन्धी जानकारी रहेको थियो भने आदि अभिबाकहरुको लागि रहेको थियो। अहिलेको हरु आफ्नो कार्यक्षेत्रमा ब्यस्त भएकोले कस्तो खानेकुरा खुवाउने, बाहिरका जुन तयारी खाने कुराहरू जुन कहिलेकाहीँ त दिन सकिन्छ तर त्यसलाइ खाजाको रुपमा बानी बसाउनु हुँदैन। कतिपयले त टिफिनमा पनि हतार भाको बेला खाजा दिएर पठाइने गरेकोे पनि पाइएको छ । जबकि त्यो अहिले आफैँले बुवा आमाले नै कुपोषण बनाउने गरेकोे पनि पोषण विज्ञले बताउनु भयो। बि एम आइ (बडि मास इन्डेक्स) आफ्नो शरिरको बनाबट उचाइअनुसार कति तौल हुनुपर्ने त्यो नि सरल तरिकाले बताए ।

बालबालिकालाइ टिभी हेर्दै कहिल्यै पनि खुवाउनु हुन्न । त्यो नि एउटा नराम्रो बानी हुन्छ । परिवारसङै एकैसाथ खाना खाने बानी गराउनु पर्छ । एउटा संस्कार सानैदेखि सिकाउनुपर्छ । आजको कोपिला भोलिको फूल हुने जसरी नै आजको स्वास्थ जीवनशैली नै भोलिको आउने दिनमा बिभिन्न रोग संक्रमणसंग लडने सक्नेछन् । स्वास्थ रहौ । सुरक्षित रहौं ।



प्रतिक्रिया दिनुहोस्