Logo

काठमाडौंमा आज २३८८ जना कोरोना संक्रमित थप



काठमाडौं,  ३ कात्तिक । काठमाडौं उपत्यकामा आज एकै दिन २३  सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३७ सय ९०  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २३ सय ८८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  १५ हजार ७  सय  १४  जनाको पिसीआर परिक्षणमा  ३७ सय ९० जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  २३३५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  ९४ हजार  ५ सय  १ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  २००८ जना र ललितपुरका २८१ जना र भक्तपुरका  ९९ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या १ लाख ३८ हजार  ३६ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्