Logo

भौतिकमन्त्री वसन्त नेम्वाङलाई कोरोना संक्रमण



काठमाडौं, ३ कात्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले मन्त्रिपरिषद् बैठक बस्नु अघि सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको खुलाएका हुन् ।

नेम्वाङले आजको पिसिआर परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । उनले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन् ।

मन्त्री नेम्वाङले आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै मन्त्रिपरिषद् बैठकमा आउन नसक्ने जानकारी दिइसकेको बुझिएको छ ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्