Logo

ललितपुरमा एकैदिन २८१ जनामा कोरोना संक्रमण पुष्टि



ललितपुर, ३ कात्तिक । ललितपुरमा मात्रै एकैदिन २ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा २३ सय ८८ जना कोरोना संक्रमित थपिएकोमा ललितपुरमा मात्रै २८१ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज २४ घन्टामा देशभर ३७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । १५ हजार ७ सय १४ जनाको पिसीआर परिक्षणमा ३७ सय भन्दा धेरेको रिर्पोट पोजेटिभ आएको गौतमले जानकारी दिए ।
आज देशभर संक्रमित थपिएकोमा काठमाडौंका २००८ जना र भक्तपुरका ९९ जना रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्