Logo

कोरोनाबाट मृत्यु भएकाको शव सरकारले नै व्यवस्थापन गर्ने



काठमाडौं, ३ कात्तिक । कोरोना संक्रमणबाट मृत्यु भएमा सरकारले नै व्यस्थापन गर्ने स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले सरकारले दाह सस्कार गर्दैन भन्ने भ्रममा नपर्न आग्रह गरेका हुन् ।

डा.गौतमले होम आइशोलेशनमा बसेका व्यक्तिको मृत्यु भएमा परिवारले आफ्नो परम्परा र संस्कृति अनुसार सुरक्षित तरिकाले दाहसस्कार गर्न चाहेमा गर्न पाउने व्यवस्था मात्र गर्न खोजेको स्पष्ट पारे ।

‘नेपाली सेनाले गर्दै आएको शव व्यवस्थापनको कार्य निरन्तर रहिरहन्छ,’ उनले भने, ‘धेरै समुदाय र संघ सस्थाले अन्तिम दाह सस्कार आफ्नो धर्म र परम्पराबाट गर्न पाउने माग भएकोले संक्रमित आफन्तको अन्तिम दाहसंस्कार आफै गर्न चाहेमा उनीहरुको भावनाको सम्मान गर्दै यो व्यवस्था गरिएको हो ।’

यसअघि कोरोना संक्रमणबाट मृत्यु भएका शव परिवार आफैले गर्नुपर्ने भनी सरकारले जनाएको खबर बाहिर आएको थियो ।



प्रतिक्रिया दिनुहोस्