Logo

इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउण्टर शुकुलढोका र मच्छेगाउँमा विस्तार



काठमाडौं, ३ कार्तिक । नेपाल इन्भेष्मेन्ट बैंक लिमिटेडले दुई नयाँ एक्सटेन्सन काउण्टर शुकुलधोका भक्तपुर र माच्छेगाउँ, चन्द्रगिरी वडा न ९ मा संचालनमा ल्याएको छ।शुकुलधोका एक्सटेन्सन काउण्टरको एनआईबीएलका उप महाप्रबन्धक विजेंद्र सुवालले उद्घाटन गरेका थिए।

मच्छेगाउँ एक्सटेन्सन काउण्टरको संयुक्त रुपमा कार्यवाहक वार्ड प्रमुख रामकृष्ण श्रेष्ठ र एनआईबीएल बागमती प्रान्त प्रमुख बरुन श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे। यी एक्सटेन्सन काउण्रहरूले स्थानीय मागलाई पूरा गर्न बैंकिङ्ग सेवाहरू प्रदान गर्नेछ र ग्राहकहरूलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्