Logo

दशैं बिदामा सिडिओ र सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न गृहको निर्देशन (विज्ञप्तिसहित)



काठमाडौं, ३ कात्तिक । सरकारले दशैं विदामा प्रमुख जिल्ला अधिकारी र सम्बन्धित जिल्लाका सुुरक्षा निकायका प्रमुखहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । गृह मन्त्रालय आज प्रेस विज्ञप्तिमार्फत् कोरोना भाइरसको जोखिम बढ्न सक्ने भन्दै दशैं विदाको अवधिमा सिडिओ र सुरक्षा निकायका प्रमुखले जिल्ला नछाड्न निर्देशन दिइसकिएको जानकारी गराएको हो ।

चाडपर्वका बखत भीडभाड नगर्न, आवश्यक नपरी घरबाहिर ननिस्कन र स्वास्थ्य प्रोटोकलको पालना गर्न आग्रह गरेको छ । भोजभत्तेर नगर्न भन्दै यसपालीको दशैं जो जहाँ छ त्यहींबाट मनाउन समेत गृहले आग्रह गरेको छ ।

गृहले विज्ञप्तिमार्फत् चाडपर्वमा झैझगडा, चोरी, लुटपाट, डकैतलगायतका आपराधिक गतिविधि हुन नदिन र अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको सहज आपूर्ति व्यवस्था मिलाउन, कालो वजारी, कृतिम अभाव, मिसावट, गुणस्तरहीन सामानको विक्री वितरण हुन नदिनका लागि नियमित बजार अनुगमन गर्न तथा कानून विपरितका गतिविधिमा संलग्न हुनेलाई तत्काल कारबाही गर्न मातहतका सुरक्षा निकाय तथा सबै प्रमुख जिल्ला अधिकारीलाई निदेशन दिएको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्