Logo

ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति दम्पत्तिलाई कोरोना संक्रमण



काठमाडौं, ३ कार्तिक । ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति र उनकी श्रीमती सृजनालाई कोरोना भाइरस संक्रमण भएको छ । सौरभले सामाजिक सञ्जाल फेशबुकमार्फत आफू र श्रीमती सृजना दुवैमा कोभिड १९ पोजेटिभ देखिएको जानकारी गराएका छन् । र, आफूहरु दुवै जनाको अहिले स्वास्थ्य ठिक रहेको पनि उनले जनाएका छन् । सौरभले यो बीचमा आफूसँग सम्पर्कमा आएका सबैलाई आवश्यक सचेतना अपनाउन आग्रह गरेका छन् । उनले फेशबुकमा यस्तो लेखेका छन् :

Always been a positive person. Guess thats why I’ve tested positive for COVID-19 too along with my wife Srijana. We are both fit & fine and healthy. But just to inform those who we have met recently to isolate and take precautions too. ? #takecare #staysafe

 



प्रतिक्रिया दिनुहोस्