Logo

असई गोविन्द बिकको हत्यामा संलग्न गिरोह पक्राउ



कैलाली, कार्तिक ४ । अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको प्रहरी सहायक निरिक्षक बिकको हत्यामा संलग्न गिरोह पक्राउ परको प्रहरी स्रोतले जनाएको छ ।

‘बिकको घाँटी रेटी हत्या गर्ने कार्यमा संलग्न गिरोहका आधा भन्दा बढि व्यक्तिहरु पक्राउ परिसकेका छन् ।’ स्रोतले भन्यो, ‘केही व्यक्ति अझै पनि भागिरहेकाले खोजी तिव्र बनाईएको छ। सकभर आज साँझ सम्म सबै पक्राउ पर्छन् ।’

पक्राउ परेका अधिकांश व्यक्तिले बिकको हत्या गरेको स्वीकारेको प्रहरी स्रोत बताउँछ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिहले पनि अपराधिको नजिक पुगेको बताएका छन् ।

बिकसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउदको अवस्था अझै अज्ञात छ ।

 



प्रतिक्रिया दिनुहोस्