Logo

गोर्खा ब्रुअरीका उत्पादनबारे बजारहल्ला चलेपछि कम्पनिद्धारा भ्रममा नपर्न आग्रह



काठमाडौं, ४ कात्तिक । गोर्खा ब्रुअरीको उत्पादनबारे नकारात्मक बजारहल्ला चलाइएपछि कम्पनिले यसलाई नियोजित प्रहार भनेको छ । कम्पनिले कसैलाई पनि भ्रममा नपर्न आग्रह समेत गरेको छ ।

विश्वविख्यात ब्रान्ड काल्सबर्गको निगरानीमा उत्पादन भइरहेको र प्रत्येक ब्याचको नमूना लिएर काल्सबर्गले नै परीक्षण गर्ने गरेको कम्पनिले जनाएको छ । कम्पनिका अनुसार काल्सबर्गले छड्के निगरानी समेत गर्ने गरेको र बजारबाट नमूना संकलन गरेर तोकेको मापदण्ड पुगेको या नपुगेको जाँच गर्ने गरेको बताएको छ । काल्सबर्गले अहिलेसम्म गोर्खा ब्रुअरीको उत्पादनमा पूर्ण विश्वास गरेको र कुनै प्रश्न नउठाएको कम्पनिको भनाई छ ।

यसबारे कम्पनिका सहायक प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले बजारमा गुणस्तरीय बियरहरु उत्पादन गरेर पठाइरहेको जानकारी दिए । उनले भने गुणस्तरमा कुनै सम्झौता नगरिएको र ग्राहकलाई सन्तुष्टि दिनगरी उत्पादनमा केन्द्रित भएको बताए । बजारमा गुणस्तरबारे चलाइएको हल्ला निराधार भने ।

सरकारले समेत गुणस्तरको जाँच, अनुगमन र नियमन गर्दै आएको र कतैबाट प्रश्न नउठेको समेत सिलवालले स्पष्ट पारे । अन्तःशुल्कको विषयलाई गुणस्तरसँग जोड्न नमिल्ने स्पष्ट पारे ।

गोर्खा ब्रुअरीले काल्सबर्ग, टुबर्ग, गोर्खा, गाृर्खा स्ट्रङ्ग, सान मिगल र ड्रागन जस्ता बियरहरु उत्पादन गर्दै आएको छ । नेपालमा गोर्खा ब्रुअरी ब्रान्डको बियर सर्वाधिक विक्री वितरण हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्