Logo

वेपत्ता प्रहरी जवानको अवस्था अझै अज्ञात



कैलाली, कार्तिक ४ । अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको अवस्था अझै अज्ञात छ ।

प्रहरीले उनको खोजी कार्य जारी राखिएको बताएपनि अझै अवस्था झण्डै ६० घण्टादेखि अज्ञात रहेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउदको खोजी भइरहेपनि अवस्थाबारे पत्ता नलागेको जानकारी दिए ।

गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र जवान साउद वेपत्ता भएका थिए ।

बिकको आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।



प्रतिक्रिया दिनुहोस्