Logo

क–कसले पाउँदै छ कोरोनाको निःशुल्क उपचार



काठमाडौं, कार्तिक ४ । सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार पाउने व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले निःशुल्क उपचार पाउने संक्रमितहरूको वर्गीकरण सूची सार्वजनिक गरेको हो ।

केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार अत्ति विपन्न,असहाय, अपांगता भएका व्यक्ति, असहाय एकल महिला, वृद्धवृद्धा र अग्रपंक्तिमा खटिएका व्यक्तिहरुले निःशुल्क सेवा पाउनेछन्।

निःशुल्क उपचार पाउनका लागि यी सूचीका व्यक्तिहरुले अस्पतालमा प्रमाण पत्र वा आफू कार्यरत कार्यालयको सिफारिस अनिवार्य पेस गर्नुपर्ने छ।



प्रतिक्रिया दिनुहोस्