Logo

बेपत्ता प्रहरी जवान असई भन्दा पहिले मारिएको पुष्टि, नदीमा तैरिरहेको अवस्थामा भेटियो शव



कैलाली, कार्तिक ४ । गत शनिबार प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकसगै हत्या गरिएको प्रहरी जवान रामबहादुर साउदसमेत मृत भेटिएका छन् ।

अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत असई गोविन्द बिक र प्रहरी जवान साउद गस्तीमा खटिएका बेला बेपत्ता भएका थिए । घटनाको दोस्रो दिन असईको विभत्स हत्या गरेको अवस्थामा शव भेटिएको थियो भने जवान साउद वेपत्ता रहेका थिए । वेपत्ता साउद्को आज ६० घण्टापछि हत्या भएको पुुष्टि भएको छ ।

जवान साउदको शव मोहना नदीमा हत्या गरेर फालेको अवस्थामा भेटिएको कैलाली प्रहरीले जनाएको छ । साउदको शव पनि प्रहरी निरिक्षक भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीको भनाई छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउँदको शव नदीमा तैरिरहेको अवस्थामा भेटिएको पुष्टि गरेका छन् । अहिले घटना स्थल मुचुल्का बनाउने काम भइरहेको छ ।

प्रहरीले असई बिकसहित जवान साउदको हत्या गर्ने समुहलाई नियन्त्रणमा लिएको छ । प्रहरी अनुसन्धानबाट आरोपीहरुले पहिले जवानको र त्यसपछि असईको हत्यागरेर नदीमा फालेको खुलेको छ । हत्यामा संलग्न गिरोह केही व्यक्ति अझै फरार रहेकाले खोजीकार्य तिव्र बनाईएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्