Logo

सांग्रिला डेभलपमेन्ट बैंकको क्यूआर कोड स्क्यानमार्फत नगद झिक्न सकिने



काठमाडौं, ४ कार्तिक । सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार शाखाबाट शुरु गरिएको क्यूआर कोड मार्फत आफुले चाहेको रकम क्यूआर कोड स्क्यान गरी भुक्तानी लिने सुविधा हाल बैंकको नेपालभर रहेका ९१ शाखा कार्यालयहरुबाट उपलब्ध गराएको छ ।  यसअन्तर्गत ग्राहकहरुले अधिकतम एक लाख रुपैयाँसम्मको रकम आफनो आवश्यकता अनुुुसार क्यूआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नेछन् । चेक र एटिएमको विकल्पको रुपमा आएको यो सुविधा प्रयोग गरी कोभिड-१९ बाट हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणमा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।



प्रतिक्रिया दिनुहोस्