Logo

टाटा मोटर्सद्वारा एकैदिन १११ वटा प्यासेन्जर भेहिकल हस्तान्तरण



काठमाडौं, ४ कार्तिक । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ प्रा.ली. ले देशैभरिका ग्राहकहरुलाई एकैदिन १११ वटा प्यासेन्जर भेहिकल हस्तान्तरण गरेको छ । बिश्वब्यापी महामारीको प्रतिकुल परिस्थितिमा पनि एकैदिन १११ वटा गाडीहरु हस्तान्तरण गरिनुलाई सिप्रदीले महत्वपुर्ण उपलब्धिको रुपमा लिएको छ । उत्कृष्ट बिक्रि तथा बिक्री पश्चातका सेवाहरुको सञ्जाल भएको सिप्रदीले तीन दशकभन्दा धेरै समयदेखि टाटा मोटर्सका अत्याधुनिक तथा सुबिधा सम्पन्न गाडीको बिक्रिबितरण र बिक्री पश्चातका सेवाहरु उपलब्ध गराउदै आएको छ ।

यात्रुका लागि सुरक्षामा बिशेष ध्यान पु¥याइएको टाटाका गाडीहरुले ग्लोवल एनक्याप सुरक्षामा उत्कृष्ट रेटिङ्ग प्राप्त गरिरहेका छन् । टाटाका गाडीहरु सुरक्षित र बिश्वसनिय भएकाले ग्राहकहरुको रोजाईमा पर्न सफल भएको छ । टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका रहेका छन ।

हालैमात्र सार्वजनिक गरिएको बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक गाडी टाटा अल्ट्रोजले पनि नेपाली अटो बजारमा अत्याधिक सकारात्मक प्रतिकृया पाइरहेको कम्पनीले बताएको छ । बजारको मागअनुसार प्रोडक्ट पोर्टफोलियो सार्वजनिक गर्दै गईरहेको सिप्रदीले ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर सेवा पु¥याउदै आईरहेको छ । साथै, टाटा मोटर्सका गाडी खरिद गर्न चाहने खरीदकर्ताहरुले आफुलाई पायक पर्ने टाटा मोटस्का सोरुमा गएर गाडीहरुको अवलोकन तथा टेष्ट ड्राइभ गरी खरीद गर्न सक्नेछन ।



प्रतिक्रिया दिनुहोस्