Logo

तस्करको कपडा नियन्त्रणमा लिन खोज्दा झडप, तीन प्रहरी घाइते



वीरगंज, ४ कात्तिक । बाराको बलिरामपुरमा सशस्त्र प्रहरी र तस्कर बीच झडप हुँदा तीन प्रहरी घाइते भएका छन् । कपडा तस्करको सामान नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

सोमवार बेलुका सशस्त्र प्रहरीको कलैयामा रहेको गण र बरैनिया बीओपीबाट खटेको टोली माथि आक्रमण हुँदा तीन जना घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले जानकारी दिए ।

कपडाको तीनवटा ठूलो पोका नियन्त्रणमा लिने क्रममा तस्करहरूले सशस्त्र प्रहरीको टोलीमाथि लाठी र बाँसको भट्टासहित आक्रमण गरेपछि झडप भएको उनले बताए । तस्करहरूले कपडा खोसेर भारततर्फ नै फिर्ता लगेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot